राजनीति

सीके राउततर्फ संकेत गर्दै प्रधानमन्त्री दाहालले भने ‘अतिबादीलाई कुनै हालतमा छाडिदैन’

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपरान्ह देशबासीका नाममा संबोधन गर्दै बिखण्डनकारीलाई कुनै हालतमा नछाड्ने दाबी गरेका छन् । सीके राउत र नेत्रबिक्रम चन्दमाथी संकेत गर्दै कुनैपनि हालतमा बिखण्डनकारीलाई नछाडिने बताएका छन् । बिखण्डनकारी भन्ने प्रधानमन्त्रीको आशय सीके राउतप्रति लक्षीत थियो ।

प्रधानमन्त्री दाहालले संबोधन गर्दै भने ‘म आज यही संबोधनबाट खुल्ला रुपमा भन्छु, बिखण्डनकारी र सर्पका हरेक फँणा कुल्चिईनेछ । हिमाल होस पहाड वा तराई होस वा हिमाल होस वा तराई कुनैपनि अतिबाद सहन सकिने छैन ।’

प्रधानमन्त्रीले मधेसी दलहरुलाई भने फकाउने प्रयास गर्दै निर्बाचनमा भाग लिई मधेसी जनताले दिने मतलाई स्वीकार्न आग्रह गरेका छन् । संबिधान संसोधनका लागि एउटा पक्षले अबरोध गरेको भन्दै नेकपा एमालेलाई संकेत गर्दै उसका कारण मधेसको अधिकार र नयाँ संबिधान नै खतरामा पर्ने हो कि भन्ने आशंका रहेको बताएका छन् ।

मधेसबादी दललाई आवेगमा नआई निर्बाचनमा होमिन आग्रह गर्दै मुलुकप्रति जिम्मेवार हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले २० बर्षदेखि कुनैपनि प्रधानमन्त्रीले कुरा सम्म गर्न नसकेको स्थानीय निकायको निर्बाचन गर्न लागेकोमा आफूलाई गर्ब लागेको बताउदै निर्बाचन लोकतन्त्रको अभिन्न अंग भएको हुंदा जनताको सहयोगमा कुनैपनि हालतमा निर्बाचन गर्ने घोषणा गरेका छन् ।

प्रधानमत्री दाहालले निर्बाचन कुनैहालतमा सम्पन्न हुने हुंदा निर्धक्क भएर भाग लिन आग्रह गरेका छन् ।