मनोरञ्जन

‘मुनलाइट’ले प्राप्त गर्यो ओस्कारको सर्वोत्कृष्ट चलचित्र पुरस्कार

एजेन्सी। प्रसिद्ध अमेरिकी निर्देशक वारी जेनकिन्सद्वारा निर्देशित सिनेमा ‘मुनलाइट’ ले ८९ औँ एकेडेमी अवार्ड (ओस्कार पुरस्कार) अन्तर्गत सर्वोत्कृष्ट तस्बिर पुरस्कार हात पार्न सफल भएको छ । उक्त सिनेमा यस वर्ष आठौँ ओस्कार छनौटमा परेको थियो भने हालै सर्वोत्कृष्ट चलचित्रका लागि गोल्डेन ग्लोब अवार्ड पनि हात पार्न सफल भएको थियो ।

ओस्कार पुरस्कारका लागि मजबुत दाबेदार मानिएको लाला ल्यान्डलाई पछि पार्दै मुनलाइटले सर्वोत्कृष्ट चलचित्र पुरस्कार पाउन सफल भएको हो । लाला ल्यान्डले सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेत्रीलगायत जम्मा ६ वटा ट्रफी जित्न सफल भएको छ ।

त्यसैगरी यस वर्ष एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्री बन्न सफल भएकी छन् । उनी चलचित्र ‘लाला ल्यान्ड’ मा अभिनय गरेकोमा पुरस्कृत बनेकी हुन् ।

‘मेन चेस्टर बाइ द सी’ चलचित्रमा गरेको सफल अभिनयका लागि क्यासी अफलेक सर्वोत्कृष्ट नायक बन्न सफल बनेका छन् ।

डामिएन चाजेलीले ८९ औँ ओस्कार पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गर्न सफल भएका छन् । उनी ‘लाला ल्यान्ड’ का निर्देशक हुन् ।

भाइओला ड्याभिसले यस वर्षको सर्वोत्कृष्ट सहनायिकाका रुपमा ओस्कार पुरस्कार प्राप्त गर्नुभएको छ ।

उनले पारिवारिक चलचित्र फेन्सेसमा आमाको भूमिकामा अभिनय गरेकी थिइन् ।