समाचार

रातको १२ बजेसम्म पत्रकार ऋषि धमला माधव नेपालको बाटो ढुकेर बसेपछि….!

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विविधतालाई ध्यानमा राखेर गीतसंगीतको रचना हुनुपर्नेमा जोड दिएका छन् ।  सोमबार राजधानीमा तिलक बस्नेतको ‘मेरो देश नेपाल’ नामक गीतीसंग्रहको बिमोचन गर्दै नेता नेपाल सो कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने,‘हामी जहाँ बसेपनि नेपाली हौँ, हाम्रो थर नेपाली हो, तिलक बस्नेतका गीतहरूले एकताको सन्देश प्रवाह गरेका छन्, गीतसंगीतले मानिसमा उत्प्रेरणा जगाउने काम गर्दछ, पूर्बको माया पश्चिममा, पश्चिमको माया पूर्वमा पुर्याउने काम गर्नुपर्छ।’

कार्यक्रममा नेता नेपालले आफ्नो कर्तव्यमा निरन्तर लागि रह्यो भने सफलता प्राप्त हुने कुराको समेत स्मरण गरेका थिए । उनले पत्रकार ऋषि धमलालाई यो उदाहरणका लागि योग्य भएको बताएका थिए । कार्यक्रममा निरन्तर कर्ममा खट्ने पत्रकार ऋषि धमलाको खुलेर प्रसंशा गर्दै उनले भने,‘ऋषि धमलाले बोल्दै गर्दा आजभन्दा १९ बर्ष पहिलेको एक घटनालाई सम्झिरहेको छु, त्यतिबेला भर्खरको ठिटो हुनुहुन्थ्यो, मेरो पर्खाईमा रहेका धमलाजी राती १२ बजेसम्म बिजुलीको पोलमा कुरेका रहेछन्, पानि परिरहेको थियो, अरु सबै पत्रकारलाई बिदा गरिसक्दा पनि उहाँ कुरिरहनुभएको रहेछ, आज आएर बोल्दै गर्दा साँच्चै ऋषि मुनिको देशमा अझै ऋषि बाँकी छन् जस्तो लागि रहेको छ, कतव्र्यवान हुनुपर्छ, मेहनत गर्नुपर्छ भनेर धमलाजीबाट सिक्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले केही फिरन्तेहरूले बजाई रहेको बाजामा केही व्यक्तिहरू नाँच्ने गरेको आरोप लगाए। नेता पण्डिले भने,‘हाम्रो देशमा आफ्नै बाजा छन्, आफ्नै खुट्टाले नाच्न सक्छौँ, अरुको तालमा नाच्नेहरूको जनताले पाखा नलगाएसम्म हाम्रो भलो हुँदैन, तिलकख जीले गीत मार्फत जुन प्ररकारको दृश्य कैद गर्नु भएको छ, यो उदाहरिणय काम हो, यस बाट सिक्नुपर्छ।’

त्यस्तै कार्यक्रममा पूर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल विश्वको प्राचिन तथा एकमात्र स्वतन्त्र देश भएको बताउँदै दक्षिण एशियाको सबैभन्दा पुरानो देश नेपाल, विश्वको स्वतन्त्र देश नेपाल, सबै जाति, भाषा, धर्म जातीको अभिभाज्य देश नेपाललाई सजिलो तरिकाले चिनेर  सजिलो तरिकाले बुझ्न सकिदैन सरल तरिकाले देशलाई लिनु मुर्खता हो।’

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद अमनलाल मोदीले राष्ट्रको ईतिहास गौरवले भरिएको बताएका छन् । उनले भने,‘कसैले ठुलो सानो सोच्नु हुँदैन, आज तिलक बस्नेतको कार्यलाई जति प्रशंशा गरेपनि कम हुन्छ, जुन दिन राष्ट्रियताको अभावको महसुस गरिन्छ, त्यो बेला मात्रै सहि प्रसँशा हुनेछ, सर्जक नरहेको स्थितिमा पनि सिर्जना रहन्छ, त्यसैले रचनाको मुल्य सामान्य छैन्।’

गायक तिलक बस्नेतले गीती एल्बम मेरो देश नेपालको लागि साथ सहयो गर्ने सबैलाई धन्यवादका साथै गीत गाएर दर्शकलाई उचालेका थिए।
उक्त गीतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रामशरण महत, टोपबहादुर रायमाझी, ऋषि धमला, चन्द्र भण्डारी, अनुराधा कोइराला, अमनलाल मोदी, प्रदिप ज्ञवाली, लालबाबु पण्डित, लिलामणि पौडेल, रेणु दाहाल लगायतले अभियन गरेका छन्।