अन्तर्राष्ट्रिय

पत्रकारहरुले आयोजना गर्ने रात्रीभोज ट्रम्पले बहिष्कार गर्ने !

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् । ह्वाइट हाउस पत्रकार संघले बार्षिक रुपमा आयोजना गर्दै आएको रात्रिभोजमा सहभागी नहुने ट्रम्पले घोषणा गरेका छन् ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, उक्त रात्रिभोजमा राजनीतिक विषयका चर्चित व्यक्तित्व र पत्रकारहरुको उपस्थिति रहने गर्दछ । यस रात्रिभोजमा खासगरी राष्ट्रपति र पत्रकारबीच भएका मतभेद न्यूनीकरण गर्ने काम गरिन्छ ।

ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘म यो बर्षको रात्रिभोजमा सहभागी हुन्नँ । त्यहाँ उपस्थित सबैलाई मेरो शुभकामना ।’