राजनीति

सभापति देउवाले भने, “एमालेको सहमतिमा नै संबिधान संसोधन गराउछु”

सुर्यखबर संबाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले एमालेसमेतको सहकार्यमा संबिधान संसोधन हुने बताएका छन् । नेपाली काँग्रुसमा मधेसबाट प्रतिनिधित्व गर्ने साँसदहरुसंग छलफल गर्दै एमलेसमेतको हस्ताक्षरमा संबिधान संसोधन हुने दाबी गरेका छन् ।

मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संबिधान संसोधन नगरे तराईमा टेक्ने ठाँउ नहुने हुंदा त्यसका लागि उपायमा जुट्न सभापति देउवालाई आग्रह गरेका थिए ।
एमालेसहित ९ दलले जसरीपनि संबिधान संसोधन हुन नदिने बताईरहेकाबेला सभापति देउवाले नेपाली काँग्रेसको संसदीय दल सिंहदरबारबैठकबाट निस्किदै पत्रकारहरुसंग कुनैपनि हालतमका संबिधान संसोधन हुने बताएका छन् ।