समाचार

पत्रकार महासङ्घ सल्यानको अध्यक्षमा शर्मा

सल्यान । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन भएका छन्।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशनबाट शर्मा निर्विरोध निर्वाचित भएका हुन्।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई जिल्लामा क्रियाशील चार पत्रकार सङ्गठनले स्वीकार गरेपछि उनी निर्वाचित भएका हुन्। उनी गोरखापत्र दैनिकसँग आबद्ध छन्।

यस्तै महासङ्घको उपाध्यक्षमा प्रेस युनियनबाट भरत बस्नेत, महिला उपाध्यक्षमा क्रान्तिकारी पत्रकार सङ्गठनबाट प्रगति गिरी, प्रेस चौतारीबाट सचिवमा शङ्कर केसीलाई निर्विरोध चयन गरिएको छ ।

यस्तै सहसचिवमा शिवलाल डाँगी, समावेशी सहसचिवमा भीमबहादुर परियार र कोषध्यक्षमा योगराज विश्वकर्मा निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत सिपी वलीले जानकारी दिए।

यस्तै सदस्यमा खुल्लातर्फ भक्तबहादुर केसी, ईश्वरी केसी, वीरेन्द्र डिसी, टीका केसी, कृष्णबहादुर वली, पूर्णचन्द्र शर्मा चयन भएका छन् । यस्तै जनजाति सदस्यमा बुद्धिमान पुन, महिलातर्फ सरिता चलाउने, र अस्मिता गिरी सर्वसम्वत् चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय पाषद्मा जीतप्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिकन विसी, डिल्लीराज रावत र पुरुषोत्तम गिरी चयन भएका छन्। रासस