समाचार

अमेरिकामा मेरो देश छोड भन्दै इन्जिनियरमाथि गोली बर्साइएपछि…!

काठमाडौं । अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेको छ । कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका छन् ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, कान्सास सीटी स्टार पत्रिकाका अनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए । भारतीयलाई बचाउने क्रममा अमेरिकी नागरिक इयान ग्रिलोट पनि घाइते भएका छन् ।