समाचार

निर्वाचनमा हातहतियारमाथि रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शनिबारको नागरिकमा लेखिएको छ, गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहलाई पत्राचार पर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिड्न नपाउने गरी नियन्त्रण व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

व्यक्तिगत रुपमा हातहतियार लिएर हिड्दा स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित पार्ने भन्दै आयोगले हातहतियार बोकेर हिड्न रोक लगाउन गृहलाई निर्देशन दिएको हो ।