राजनीति

मधेश केन्द्रीत दलहरुले गर्ने भए कडा निर्णय, प्रचण्डलाई ठूलै झड्का लाग्ने संकेत !

काठमाण्डौ । मधेस केन्द्रीत दलहरुले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । सरकारले ल्याएको संविधान संशोधन विद्येयकले आफुहरुका माग सम्बोधन गर्न नसक्ने निश्कर्षका साथ संघीघ गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । शुक्रबार संघीय समाजवादी फोरमको कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा निर्णय लिने तयारीबारे छलफल गरेको श्रोतले बताएको छ ।

संघीय गठबन्धनमा यसबेला ९ वटा दलहरु रहेका छन् । नौ दलसँगको छलफलबाट यो निश्कर्षमा मोर्चा पुग्न थालेको श्रोतले बताएको छ । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्ने बेलामा गठबन्धनलाई बेवास्ता गरेको र सरकारले अघि सार्न थालेको संविधान संशोधनको मुद्धाले आफ्ना मागहरु सम्बोधन हुन नसक्ने बैठकले निश्कर्ष निकालेको जनाइएको छ । करिब आठ महिना अघि संघीय गठबन्धनको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार निर्माण भएको थियो ।

संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ प्रचण्ड नेतृत्वको सरकारमाथि अर्को चुनौती आइलाग्ने सम्भावना देखिन्छ । बैठकले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन संघीय समाजवादी फोरमका  उपाध्यक्ष राजेन्द्र श्रेष्ष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरेको बताइएको छ ।
सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेलगत्तै गठबन्धनले आन्दोलनको घोषणा गरेको छ ।