अन्तर्राष्ट्रिय

सोमालियामा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । सोमालियामा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद अब्दुल्लाही मोहम्मदले बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा हसन अली खैरेलाई नियुक्त गरेका हुन् ।

खैरेले यसअघि नर्वेली शरणार्थी परिषद्को क्षेत्रीय निर्देशकका रुपमा काम गरेका थिए । उनीसँग नर्वे र सोमालिया दुवै देशको नागरिकता रहेको छ ।