पु.समाचार

नेपाली सेना तयारी अवस्थामा छ: प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक अतिवाद र विखण्डनकारी शक्तिलाई निस्तेज बनाउन सेना सधैं तयारी अवस्थामा रहेको बताएका छन् ।  नेपाली सेना दिवसको अवसरमा सेनापति क्षत्रीले दिएको शुभकामना सन्देशमा उनले सो कुरा बताएका हुन् ।

विखण्डनवादी शक्तिहरुले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको भन्दै सेनापति क्षत्रीले त्यसका विरुद्ध कारबाहीका लागि सेना सधैं तयारी अवस्थामा रहेको बताएका हुन् ।

शुक्रबारको नागरिकमा लेखिउको छ, यस्ता अभिव्यक्रि र गतिविधिले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको उनको भनाइ छ ।