पु.समाचार

नागबाबाबारे यस्तो सोच्दा रहेछन् महिलाहरु !

काठमाडौं । नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् ।

‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले गुप्ताङ छोप्नुपर्छ ।’ रामकला तिवारीले भनिन् ।

‘जेठाजुलाई कपाल नदेखाउने प्रचलनमा हुर्किएकी हुँ बाबाको नांगो दृश्यले भगवानकै अपहेलना गरेजस्तो लाग्छ ।’ इन्द्रकुमारी खत्रीले बताइन् ।

कोही महिला भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन ।शुक्रबारको नागरिकमा लेखिएको छ, नागाबाबा शिवरात्रीकै आकर्षक पनि हो ।’ राधिका लामिछानेले भनिन् । बाबाहरुको अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।

कतिपय बाबाले युवती देखेपछि पछ्याउने, आशिर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन् ।