समाचार

कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघमा लामा र राई निर्बाचित

सुनसरी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघको क्षेत्रीय सभापतिमा तारा लामा र नगर सभापतिमा कृष्णकुमार राई(भुपाल) निर्वाचित भएका छन् । लामा दोश्रो कार्यकालका लागि पुन सभापति निर्वाचित भएको हो । क्षेत्र नं. १ सुनसरी र धरान उपमहानगरको संयुक्त अधिवेशनवाट लामा र राई सर्वसम्मत सभापति निर्वाचित भएको हो । क्षेत्रीय समितिमा लामा सहित सचिवमा विमानसिंह तामाङ, कोषाध्यक्षमा सचेन्द्र लिम्वु र सदस्यहरुमा बालकुमार लिम्वु, पेम्वा शेर्पा, श्याम लिम्वु, जुनु राई, दिनेश सिंगक लिम्वु, केशव श्रेष्ठ, दिपक पाख्रिन, अमृता गुरुङ, कमला लिम्वु, निला तामाङ, संगिता सुब्बा, विनोद मानन्धर, चित्राकुमारी राई र पञ्चमाया तामली निर्वाचित भएका छन् ।

त्यसैगरी नगर समितिमा राई सहित सचिवमा अमिर राई, कोषाध्यक्षमा झुमादेवि राई र सदस्यहरुमा अन्जना राई, सुरज लिम्वु, राजेश पाख्रिन, खेम गुरुङ, दारासिंह लिम्वु, शोभा राई, हेम तामाङ, दिशान श्रेष्ठ, विश्वजीत राई र थामबहादुर राई निर्वाचित भएका छन् ।

संघको क्षेत्रीय सभापति तारा लामाको अध्यक्षतमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति चन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, क्षेत्रीय सभापति शुरेसमान श्रेष्ठ, नगर सचिव श्याम पोखरेल, नेपाल आदिवासी जनजाति संघका जिल्ला सभापति नन्दराज राई, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सागर प्रसाई, जनजाति संघका जिल्ला सचिव मन्जिल कसजु श्रेष्ठ, निर्वाचन समितिका संयोजक डा. इन्द्र लिम्वु लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्यहरु अनिल श्रेष्ठ, गोविन्द बस्नेत, निलकुमारी गिरी, गोविन्द दर्नाल, मोहन बस्नेत, क्षेत्रीय सचिवद्धय मुरारी भट्टराई र महेन्द्र प्रधान, नगर उपसभापति महेन्द्र तामाङ, नगर सचिव युवराज शंकर लगायतको उपस्थिति रहेको थियो ।