राजनीति

सभापति देउवाले जनमोर्चाकी नेतृ लामालाई पैसा खाएर राजदुत बनाएकोमा पौडेल पक्ष क्रुर

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसले तेह्रौं माहाधिवेसन सम्पन्न भएको बर्षदिन पुग्न लाग्दा पनि पार्टीले बिभागहरु गठन गर्न सकेको छैन । २०७२ साल फाल्गुणमा सम्पन्न महाधिवेसनबाट सभापतिमा निर्बाचित भएपछि शेरबाहादुर देउवाले पार्टीमा मनोनीत गर्ने पदाधीकारी तथा सदस्य जस्ता महत्वपूर्ण पदहरु, बिभागहरु लगायत मनोनीत गर्न सकेका छैनन् ।

पदाधिकारीमा पार्टीभित्र उपसभापति, माहामन्त्री, सहमाहामन्त्री एक एक जना र केन्द्रीय सदस्यहरु १२ जना मनोनीत गर्ने अधिकार सभापति देउवालाई भएपनि केहि केन्द्रीय सदस्य बाहेक सभापति देउवाले मनोनीत गर्न सकेका छैनन् ।

नेपाली काँग्रेसमा लामो समय संघर्ष गरेका श्री शेरबाहादुर देउवाले तत्काली नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईराला र त्यसपछिका प्रधानमन्त्री एबम् सभापति स्व.शुशील कोईरालासंग पार्टीका बिभागहरु गठन नगरेको, पार्टीको केन्द्रीय समितिको बैठकहरु नबोलाएको, नियुक्ती लगायतका निर्णयहरु गर्दा छलफलबाट भन्दा ब्यक्तीगत तवरबाट गर्ने गरेको आरोप लगाएपनि अहिले सभापति देउवाको पारा त्यही भएको आरोप नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौंडेल पक्षले लगाएको छ ।

पौडेल पक्षले भर्खरमात्र काँग्रेसको कोटाबाट राजदुतमा सिफारिसमा परेकी म्यानपावर ब्यावशायी आशा लामाको नाम सिफारिस गरेकोमा आपत्ती प्रकट गरेको छ । यस बिषयमा केन्द्रीय सदस्य डा.शेखर कोईराला, डा रामशरण महतले मिडियामा नै छताछुल्ल हुनेगरी असन्तुष्टी ब्यक्त गरेका छन् ।

पौडेल पक्षले पैसाको प्रभाबमा परेर जनमोर्चाकी नेतृ तथा गत संबिधानसभा निर्बाचनमा साँसदकी प्रत्यासी समेत रहेकी लामालाई राजदुतमा सिफारिस गरेको गम्भिर आरोप देउवामाथी लगाएको छ । नेपाली काँग्रेसभित्र पैसाको प्रभाबले केन्द्रीय सदस्य र साँसद हुने पुरानो प्रचलन भएपछि अर्को पार्टीको मान्छेलाई राजदुतमा नै सिफारिस गर्नु गलत भएको पौडेल पक्षका नेताहरुको तर्क छ ।

आखिर किन गरे त लामालाई राजदुतमा सिफारिस ? को पर्यो त पैसाको प्रभाबमा त्यसको जवाफ काँग्रेसको पौडेल पक्षले जनतालाई जानकारी हुनेगरी नै देला वा प्रभाबमा पर्ने र पार्नेलाई थाहा होला तर पार्टीभित्र छताछुल्ल हुनेगरी गलत कार्य गर्नु राम्रो नभएको उनीहरुको बुझाई छ ।