सुय्रखबर सम्बाददाता,
काठमाण्डौ । निजी बिद्यालय एसोसिएसन प्याब्सनकबो भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा बिजय सोम्बाआम्फे निर्बाचित भएका छन् । अधिकाँस पदाधिकारी तथा सदस्यहरु सम्बाआम्फे प्यानलकै बिजयी भएको बताईएको छ ।
प्याब्यसनको १३औं माहाधिवेसनमा सोम्बाआम्फेले १ सय २० मतले टीकाराम पुरीलाई हराएका छन् । उनीहरुको मत क्रमसः८७१ र ७५१ छ ।
वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी, महासचिवमा राजेन्द्र बानियाँ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा टंक भट्टराई निर्वाचित भएका छन् ।
केन्द्रीय समितिमा पनि अधिकाँस सदस्यहरु सोम्बाआम्फे प्यानलकै छन् ।