आर्थिक

नेपाल र मलेसियाबीच श्रम सम्झौता हुँदै

काठमाडौं । बर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ । मलेसियाको मावव संसाधान मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो ।

श्रम सम्झौताबिना लखौं नेपाली मलेसिया जाँदा आर्थिक र अन्य शोषणमा परिरहेको लगातारको गुनासोपछि मलेसिया सरकार सम्झौता गर्न तयार भएको बताइएको छ । बुधबारको नागरिकमा लेखिएको छ, मलेसियामा जाने नेपाली कामदारको संख्या घट्न थालेपछि मलेसिया श्रम सम्झौता गर्न तयार भएको बताइएको छ ।