राजनीति

दर्जनौं पुर्ब लडाकुले माओबादी माहाधिवेसनबारे यस्तो धज्जी उडाए (प्रमाण सहित)

काठमाडौँ । विप्लव माओवादीको रोल्पामा जारी महाधिबेशनमा प्रतिनिधि बिबादका कारण ठुलै लफडा भएको छ । रोल्पामा १० गते सम्पन्न हुने भनिएको उक्त महाधिवेसनमा छताछुल्ल हुनेगरी पुर्ब लडाकुहरुले पार्टी नेतृत्वको बिरोध गरेका छन् ।

देश/बिदेश र बिप्लवले गोप्य रुपमा तयार परेको लडाकुसहित गरी करिब १ हजार प्रतिनिधि सहभागी उक्त महाधिवेशनको बन्द सत्रमा को सिनियर र को जुनियर भन्ने बिबाद चुलिदै गएपछि यस्तो लफडा भएको हो ।

माओवादी बन्दसत्रमा सहभागी एक प्रतिनिधिका अनुसार माओवादीले अहिले अग्र मोर्चाको रुपमा रहेको पत्रकार संगठनको तर्फबाट प्रतिनिधि पठाउने बिषयमा चरम बिबाद भएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब प्रभात चलाउने अध्यक्ष रहेको उक्त संगठनका को-को प्रतिनिधि पर्ने को-को नपर्ने भन्ने बिषयमा बिबाद चुलिदै गएपछि नेताहरुबीच आ-आफ्ना नजिकका मान्छेलाई जसरी पनि लैजाने प्रतिस्पर्धा सुरु भएको थियो ।

त्यस प्रकारको अन्तरविरोध सुरु भएपछि विप्लप माओवादीको जन बर्गीय संगठनहरुको जिम्मा लिएका मोहन कार्कीले केन्द्रबाट हस्तक्षेप गरेका थिए । आफ्ना मान्छेलाई पदमा ल्याउने अभियान चल्न थालेपछि उक्त बिबाद छताछुल्ल भएको बताईएको छ ।

माथिको आदेशमा कार्कीले संगठनको अध्यक्ष बाहेक अरु कोही पनि प्रतिनिधि लैजान नपाइने भन्दै अध्यक्ष चलाउनेलाइ मात्र महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेका बताईएको छ ।

कार्कीले त्यस प्रकारको निर्णय गरेपछि बिबाद झनै चुलिएको थियो । बिबाद झन् भन्दा झन् चुलिएर छताछुल्ल हुने भएपछि पत्रकार संगठनका उपाध्यक्ष दिपेन्द्र रावल र महासचिब प्रज्वल श्रेष्ठलाइ अन्तिम समयमा आएर महाधिबेशन प्रतिनिधि बनाइएको थियो ।

नाम नबताउने सर्तमा क्रान्तिकारी पत्रकार संगठनका एक केन्द्रीय पदाधिकारीले भने “यो सब नेताहरुका अन्तर्विरोधका कारणले बिबाद उत्पन्न भएको हो ।”

आफ्नी श्रीमतीलाई प्रतिनिधि बनाउन खोज्दा बमण्डर

हामीसंग कुरा गर्ने विप्लब माओवादीको पत्रकार संगठनका एक कार्यकर्ताका अनुसार संगठनका महासचिब प्रज्वल श्रेष्ठले आफ्नी श्रीमती सिर्जना तिम्सिनालाइ महाधिबेशन प्रतिनिधि बनाएर युद्दबाट आएका पुरा कार्यकर्तालाई बाइपास गर्दा यस्तो लफडा सुरु भएको हो ।

सुरुदेखि नै अध्यक्ष प्रभात चलाउने र महासचिब श्रेष्ठका बिचमा तिब्र अन्तरविरोध पैदा भइरहेका बेला चलाउनेलाई सुइको समेत नदिएर श्रेष्ठले आफ्नो श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाएपछि केन्द्रीय सदस्यहरुले ब्यापक बिरोध जनाएका छन् ।

श्रेष्ठले आफ्नो संगठनका अध्यक्ष प्रभात चलाउने र उपाध्यक्ष दिपेन्द्र रावलहरुको टोलीलाई सुइको समेत नदिएर आफु निकट केहि कार्यकर्ताहरुलाई लिएर महाधिवेशनमा प्रतिनिधि बनाएका बताइएको छ ।

श्रोतका अनुसार श्रेष्ठले आफ्नी श्रीमती सिर्जना तिम्सिना, आफु निकट पत्रकार मान ध्वज लामा “सागर” आफ्नो रेडियोका टेक्निसिएन राज कपुर महर्जन, जन्म देब जैशी, प्रकाश डुम्रे र आफ्नो रेडियोको पुर्ब कर्मचारी दिया चन्दलाई प्रतिनिधि बनाएका आरोप उनीहरुले लगाएका छन् ।

श्रेष्ठकी श्रीमती तिम्सिना, दिया चन्द र प्रकाश डुम्रे माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीमा आएका कार्यकर्ता हुन् । डुम्रे भने २०६३ पछी माओवादीले पूर्व लडाकुलाइ ब्यारेकमा राख्दा लडाकु शिबिर नवलपरासीमा भर्ति भएर युएनको प्रमाणीकरणमा परी स्वैच्छिक अबकास रोजेर माओवादी राजनीतिमा लागेका कार्यकर्ता हुन् । त्यस्तै जन्म देब जैशी र मान ध्वज लामा पुरानै कार्यकर्ता भएको बुझिएको छ ।

बिबाद चुलिएपछि सामाजिक सञ्जालमा छरपस्ट असन्तुष्टि

महाधिवेसन प्रतिनिधि छनोटका बिषयमा चारब बिबाद उत्पन्न भएपछि विप्लव माओवादी निकट पत्रकार सङ्गठनका केही पुराना कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकमा पोखेका छन् ।

केही केन्द्रीय सदस्यहरुले स्टाटस मार्फत असन्तुष्टि पोखेका छन् भने केहीले त्यसमाथि कमेन्ट गरेर असन्तुष्टि व्यक्त गरेका छन् ।

केन्द्रीय सदस्य भौतिक मल्लले फेसबुकमा आफु कसैको घोडा बन्न आन्दोलनमा नआएको बताएका छन् । उनले सांकेतिक रुपमा लेखेका छन् ।

“हो त पुल बन्ने प्रयत्नमा निरन्तर घोडा बन्ने अभियान जारी छ केही बर्षयता!!!!! “

त्यस्तै संगठनका अर्का केन्द्रीय सदस्य बैकुण्ठ गिरीले पनि त्यस्तै असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्

“मोफसलमा बसेर राजनिती र पत्रकारीता गरिएको छ यसको अर्थ यो होईन कि सामान्य भन्दा सामान्यहरुले हामीलाई कमजोर ठान्ने चेष्टा नगरुन ? हामी बज्रदाको दिन तिम्रो गति राम्रैसँग देखिने छ ।”

त्यस्तै अर्का केन्द्रीय सदस्य साहश भट्टले फेसबुकमा विप्लवलाइ सम्बोधन नै गरेर स्टाटस लेखेका छन्। (जो महासचिब श्रेष्ठ प्रबधक रहेको रेडियो मिर्मिरेमा कार्यरत छन् ।) उनको असन्तुष्टि यस्तो छ ।

“कमरेड विप्लव जी अभिबादन तपाइको जुन अहिलेको एकीकृत जनक्रान्तिको लाइन छ यसमा मेरो मनै देखिको स्वागत छ यो अत्याधिक महुमताले पारित होस् तर जुन अहिले केन्द्रीय नेतृत्व भन्दा तल देखिएको गुटबन्दी अनि नातावाद कृपाबाद छ अनि आम पार्टी पङ्तिमा म र मेरो भन्ने सोचाही हाबी छ यो सोचाइबाट माथी उठ्दैनन् साथै आम क्याडरहरुको त्याग तपस्या र बलिदानको उच्च मुल्याङ्कन गरिदैन तब सम्म जस्ता सुकै दस्ताबेज ल्याएर आएपनि त्यो कागजी खोस्टो बाहेक अरु केही हुने छैन !! फेरि इतिहासले धिकार्ने छ !!”

त्यस्तै अर्का केन्द्रीय सदस्य कमल बुढाले पनि फेसबुकमा आफ्नो चरम असन्तुष्टि पोखेका छन् । उनले त आफ्नो बिगत प्रति पश्चाताप गरेको देखिन्छ । उनले लेखेका छन्

“साम्यवादको सपना देखेर आन्दोलनमा लागेको गत मङ्सिर ८ गते १६ बर्ष पुरा भएछ । अझै यो सपनाबाट ब्यूझीन भने सकिएको छैन । तर खै किन हो बिस्तारै केही बर्ष यता कसैले हामीलाई घोडा बनाउदै आफ्नाहरूलाइ धुरी चडाउने भर्याङ बनाउदै त छैनन् भन्ने गहिरो आभास हुदै छ । फेरी पनि सोच्छु मैले बगाएको रगत पसिना कसैको खल्तीको निजी सम्पति पनी त हैन र ! #राजनीति।।।”

यसरी फेसबुकमै आफ्ना असन्तुष्टि राख्ने माओवादी पत्रकारहरु भौतिक मल्ल, कमल बुढा, बैकुण्ठ गिरी र साहाश भट्ट चारैजना जनयुद्ध लडेर आएका पूर्व लडाकुहरु हुन् ।

श्रोतका अनुसार बाहिर देखिएका यी बाहेक अरु केन्द्रीय सदस्यहरु राजेन्द्र चिमोरिया, तिलक अधिकारी, रामशरण न्यौपाने, सुदिप बर्देवा, नवराज न्यौपाने, माधब पनेरु, उन्नति चौधरी, जिबन हमाल, धनन्जय बुढालगायत दर्जनौ असन्तुष्ट रहेको बुझिएको छ ।

राष्ट्रिय सम्मेलनबाट सुरु भएको थियो बिबाद

हामीसंग कुरा गर्ने एक पूर्बलडाकु समेत रहेका  कार्यकर्ताका अनुसार विप्लब माओवादीको पत्रकार संगठनमा गत बर्ष असोज ९ गते हेटौंडामा सम्पन्न उनीहरुको राष्ट्रिय सम्मेलनदेखि नै अध्यक्ष प्रभात चलाउने र महासचिब श्रेष्ठका बिचमा चरम बिबाद थियो ।

सम्मेलनमा चलाउनेका विरुद्ध श्रेष्ठले छुट्टै समानान्तर समिति निर्माणको तयारी गरिरहेका थिए । नेताहरुले संगठनमा समानान्तर समिति बनाउनेहरुलाई कारबाही गर्ने चेतावानी दिएपछि श्रेष्ठ पछी हटेका बताईएको छ  ।