समाचार

राप्रपामा कमल थापा अध्यक्ष पक्का, राणाले तोडे थापाको तानाशाही प्रबृति

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । राप्रपाको महाधिभेसनका लागि निर्बाचन जारी छ । उक्त माहाधिवेसनमा डा.प्रकाशचन्द्र लोहनीले कमल थपापाका बिरुद्धमा उमेर्द्वारी दिने भनिएपनि पछि लोहनीलाई कमल थापाले थामथुम गर्न सफल भएका थिए ।

डा.लोहनीलाई थामथुम गरेर सर्बसम्मत अध्यक्ष बनाउन मानेपनि काठमाण्डौ क्षेत्र नं. ७ का राप्रपा पार्टी सभापति प्रदीपबिक्रम राणा कमल थापासंग अध्यक्षमा निर्बाचन लडिरहेका छन् । कमल थापाले अध्यक्ष जित्ने पक्कापक्की भएपनि थापाको तानासाही प्रबृतिका बिरुद्धमा अध्यक्षमा उमेर्द्वारी दिएको प्रदीप बिक्रम राणाले बताएका छन् ।

सर्बसम्मती अध्यक्ष बनाउने प्रयास भएपनि राणाले नमानेपछि निर्बाचन शुरु भएको हो । अध्यक्षका प्रत्यासी राणा र प्रकाशचन्द्र लोहनीले मतदान गरिसकेका छन् भने कमल थापा लगायतका नेताहरु मतदान गर्ने क्रममा छन् ।

बिद्युतिय मिसिनद्वार मतदान अगाडि बढिरहेकोले नतिजा निकाल्न समय नलाग्ने निर्माचन समितिले बताएको छ । केन्द्रीय सदस्यहरुको भने अध्यक्षको मतदान सकिएपछि मात्र हुने जनाईएको छ ।