समाचार

नेपाल पत्रकार महासंघ मोरङ र सुनसरीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पोखरेल र खड्का

धरान । नेपाल पत्रकार महासंघको पूर्वाञ्चल शाखाहरुमा जिल्ला अधिवेशनहरु सम्पन्न भएका खबरहरु प्राप्त हुन थालेका छन् । पूर्वाञ्चलकै मोरङ र सुनसरी जिल्लामा भर्खरै निर्वाचनसहित जिल्ला अधिवेशन सम्पन्न भएका छन् । नेपाल पत्रकार महासंघ मोरङ जिल्ला शाखामा बन्धु पोख्रेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्माण भएको छ ।

सो जिल्ला शाखाको निर्वाचनमा कूल १ सय ७५ मत खसेकोमा अध्यक्ष पोखरेलले ९५ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी अनन्त न्यौपानेले ७७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा कुमोद अधिकारी ८५ मत सहित विजयी हासिल गरेका छन् भने उनको प्रत्यासी नवराज कट्टेलले ८२ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा भने इन्दिरा भट्टराई र सुशीला पाठकले बराबर मत प्राप्त गरेका छन् । उनीहरुले ८३ मत प्राप्त गरेका छन् । सो जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीहरुमा क्रमसः सचिव अर्जुन आचार्य, सहसचिव सन्तोष राई, समावेशी तर्फबाट अर्का सहसचिव सत्यनारायण शर्मा र कोषाध्यक्षमा सन्तोष सिग्ले निर्वाचित भएका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ सुनसरी शाखामा पनि अमर खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्माण भएको छ । उक्त जिल्ला कार्यसमितिमा क्रमसः अध्यक्ष – अमर खड्का, उपाध्यक्ष – सन्तोष काफ्ले ,उपाध्यक्ष (महिला) – सुभद्रा प्याकुरेल,सचिव – हिमाल दाहाल , सह–सचिव – धु्रव ढकाल, सहसचिव (समावेशी) – दिनेश गजमेर, कोषाध्यक्ष – गोविन्द बस्नेत, सदस्य – अजितकुमार झा, सदस्य – अर्जुन सुवेदी, सदस्य – विवेक भट्टराई, सदस्य – कानुन कार्की, सदस्य – चन्दन गुप्ता, सदस्य – विशाल राई, सदस्य – धीरेन लिम्बू, सदस्य – सुनील चौधरी , सदस्य – सुमित्रा राई, सदस्य – टोमराज मेहता, सदस्य – अनिता रसाइली, सदस्य – धनकुमार राई रहेका छन् ।

त्यस्तै निर्वाचनमा जनकऋषि राई लाई सल्लाहकारमा निर्वाचित गरिएको छ भने केही केन्द्रीय सभासद्हरू समेत चयन गरिएको छ । केन्द्रीय सभासदहरुमा हर्ष सुब्बा, याम प्रधान, केशव घिमिरे, सुविद गुरागाई, इकवाल अहमद, किशोकुमार कार्की, राजेन्द्र किराती, गङ्गा बराल, लीलाराज भट्टराई, वेदराज पौडेल, सीता मादेम्बा, भैरव आङ्ला, राजन केडी, देवेन्द्र कार्की, बाबुराम सुवेदी, रोहितकुमार राई, हेमराज दाहाल, जयकृष्ण यादव, गोपाल दाहाल, मनिता चाम्लिङ, यसोदा सेने, रिता मोक्तान, ममता चौधरी रहेका छन् ।

त्यस्तै निर्वाचनमा प्रदेश सभासदहरूमा समेत निर्वाचित भएका छन् । प्रदेश सभासदहरुमा अर्जुन उप्रेती, अर्जुन शर्मा, आनन्दकुमार श्रेष्ठ, विमल शाक्य, सचिन पोख्रेल, शशी कोइराला, शेखर ढकाल, सन्तोष यादव, सुमन पुरी, श्री शिशा राई, गणेश निरौला, बिनादेवी तामाङ, आशीष विक, पवन अधिकारी, पिएमणि भट्टराई, फूलचन्द मेहता, धनबहादुर पुरी, कुलदीप चौधरी, गवनसिंह चौधरी, निशान प्रकृति थारु, बाबुराम कार्की, भरतराज शर्मा गोपाल, भोला श्रेष्ठ, रणध्वज लोहार, राजन सुवेदी, विकास चाम्लिङ राई, सुकदेव चौधरी, सुनिता केसी, सोहन श्रेष्ठ, अनवर अन्सारी, सविता राई राई रहेका छन् ।