राजनीति

बालुवाटारमा काँग्रेस, माओबादी र मधेसीमोर्चाबीच निर्णायक वार्ता

सुर्यखबर सम्बाददाता,
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आयोजना गरेको उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव लगायत उपस्थित छन् ।
बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा, राजनीतिक दलहरुसँग भएको सम्वाद र सहमतिको प्रयासबारे छलफल भइरहेको छ ।

मधेसी मोर्चासंग बिभिन्न समयमा भएका प्रधानमन्त्री दाहलसंगको असफल वार्ता, निर्बाचन घोषणा, संबिधान ससोधन सम्बन्धि महत्वपूर्ण निर्णय हुनसक्ने अनुमान आजको बैठकमा लगाईएको छ ।

शनिबारमात्र प्रधानमन्त्री दाहाल र मधेसी मोर्चाबीच बैठकमा नै भनाभन भएको थियो । आजको बैठकमा काँग्रेसका शीर्ष नेताहरु समेत उपस्थीत भएको हुँदा सोमबार गर्ने भनिएको निर्बाचन घोषणाका लागि महत्वपूर्ण निर्णय हुन सक्ने संकेत देखिएको छ ।