समाचार

३३ किलो सुनकाण्ड सेलाउन नपाउदै ७४ लाखको सुनसहित तस्कर पक्राउ

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । ३३ किलो सुन काण्ड सकिन नपाउदै पुन आईतबार अन्तर्राष्ट्रिय बिमानस्थलमा ७१ लाख ६३ हजार मूल्य बराबरको सुन बरामद गरिएको छ । काश्यप कान्तिलालबाट उक्त रकम बराबरको झण्डै डेढ किलो सुनसहित पक्राउ गरिएको हो ।

दुबईमा जन्मिएका भारतीय नागरीक काश्यपबाट बाला र स्रिकी बनाएर काठमाण्डौमा उत्रिदा बिमान्स्थलका कर्मचारीले पक्राउ गरिएको बताईएको छ ।

काठमाण्डौबाट बिभिन्न समयमा दुबई यात्रा गरेको पासपोर्ट रेकर्ड भएका काश्यपले सामान बोक्ने लगेजमा ल्याउदा पक्राउ पर्ने डरले उक्त रणनीति अपनाएको बिमानस्थल स्रोतको दाबी छ । सुनकाण्डमा समातिने अपराधीहरुको संख्या दिनानुदिन बढ्नुले बिमानस्थलभित्र हुने तस्करी नरोकिएको अनुमान लगाउन सकिन्छ ।

केहि समय अगाडिमात्र डिआईजिपी नवराज सिलवालको नेतृत्वमा ३३ किलो भन्दा बढी सुन तस्करी गर्ने गिरोह पक्राउ परेको थिायो ।