पु.समाचार

सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, हतियार समेत लुटियो

सुर्यखबर सम्बाददाता,
रुपन्देही । रुपन्देहीमा अनुमानित सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको समाचार प्राप्त भएको छ । झडपका कारण रपन्देहीको दक्षीणी क्षेत्र तनाबग्रस्त बनेको छ । प्रहरीले स्थीति नियन्त्रणमा लिन केही सेल हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।

झडपमा लङब्यारेल गन लुटएको लुम्बिनी अञ्चल प्रमुख एसएसपी दीप थापाले बताएको छन् । स्थीति नियन्त्रणमा लिन डीएसपीको कमाण्डमा प्रहरी खटाईएको समाचार छ । स्थानीयले ३ प्रहरी र केहि अन्य ब्यक्तीहरु घाईते भएको बताएका छन् ।

प्रहरी प्रमुख आईजिपी नभएकोबेला घटाईएको घटना सुनियोजित हुन सक्ने अनुमान एकजना प्रहरी नायब निरीक्षकले सुर्यखबरलाई बताए ।