राजनीति

प्रधानमन्त्री दाहालको पद धरापमा, निर्बाचन घोषणा नगरे काँग्रेसले समर्थन फिर्तालिने

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । आईतबार स्थानीय निर्बाचनको मिति घोषणा गर्ने तयारीमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाबीच बाझाबाझ भएपछि निर्बाचन मिति घोषणा अनिश्चिततातर्फ गएको छ ।
संसोधनसहित संबिधान संसोधनको माग राखेर निर्बाचन घोषणाका लागि सरकारलाई अबरोध गरिरहेका मधेसी मोर्चँका नेताहरु र प्रधानमन्त्रीबीच शनिबार बसेको बैठकमा दुईपक्षबीच बाझाबाझ भएपछि निर्बाचन घोषणा कार्यक्रम बिथोलिएको छ ।

प्रधानमन्त्री दाहालले निर्बाचन घोषणा गर्दा हदैसम्म लचिलो भएर मोर्चाको समेत साथ खोजेर निर्बाचन घोषणा गर्न बैठक डाक्दा यस्तो परिणाम आएको प्रधानमन्त्रीको सचिवालयका एक सल्लाहकारले सुर्यखबरलाई बताएका छन् । उनका अनुसार अब मोर्चाले नमानेपनि निर्बाचन मिति घोषणा कार्यक्रम अगाडि प्रढाउन प्रधानमन्त्री दाहाल बाध्य हुनेछन् ।
प्रधानमन्त्री दाहाललाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दबाब त छदैछ, निर्बाचन मिति घोषणाका लागि आफ्नो मुख्य सहयात्री दल नेपाली काँग्रेसको समेत तीब्र दबाब छ । प्रधानमन्त्रीलाई न निल्नु न उकेल्नु भएको छ निर्बाचन घोषणा, एकातिर बलियो प्रतिपक्षी दल एमालेले संसोधनसहित संबिधान संसोधन गर्ने कार्यमा ब्यापक अबरोध पुर्याएको छ भने अर्कोतिर भारतको दरिलो समर्थन पाएको मधेसी मोर्चा संसोधन सहित संबिधान संसोधन गर्न नमाने निर्बाचन हुने नदिने अडानमा छ, काँग्रेसले निर्बाचन नगरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने संकेत दिन थालेको छ, प्रधानमन्त्री पुष्पकमल दाहाल भने आफू पदमा बसिरहन सक्ने जुनसुकै उपाय खोजिरहेको देखिन्छ । उनले आफुलाई प्रधानमन्त्रीमा टिकाउन कुनै नयाँ सम्झौता गर्न सकने अनुमान पनि राजनीतिकबृतमा लगाईएको छ ।

जे होस निर्बाचन दाहाललाई प्रधानमन्त्री पद फाल्ने दोस्रो अस्त्र हुन सक्ने अनुमान राजनीतिक बिश्लेशकले लगाएका छन् । पहिलो जयबहादु चन्दलाई आईजिपी नबनाएको भएपनि प्रधानमन्त्ती पद जाने थियो । अहिले दाहालले स्थानीय निकायको निर्बाचन घोषणा नगरेपनि प्रधानमनत्रीको पद जाने सम्भाबना छ, मिति घोषणा गरेर निर्बाचन नहुने देखिएपछि जान्छ । प्रधानमन्त्रील पद जोगाउन भारतीय शक्तीहरुलाई भित्री रुपबाट प्रयोग गरिरहेको भन्ने, कहिकतै हारगुहार गरिरहेको भन्ने पनि स्रोतको दाबी छ ।