समाचार

फेसबुकका कारण कारण प्रहरी अधिकारी पीडित

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी दिवसमा आफू सामाजिक सञ्जालबाट पीडित भएको अभिव्यक्ति दिएका थिए । उनको आशय थियो आफू अनुकूलका मिथ्या र बनावटी समाचार ।

प्रहरीभित्र सरुवा बढुवा, नियुक्ति र कार्यकालका बिषयमा सामाजिक सञ्जालमा अनेकौं अड्कलबाजी आइरहेका हुन्छन् । अझै सामाजिक सञ्जाल निर्माताले केही अमेरिकी डलरमा यस्ता सामाग्री भाइरल बनाउन विज्ञापन सुविधासमेत दिएपछि प्रहरी अधिकारीका लागि पीडाको विषय बनेको छ ।

पछिल्लो समय साइबर अपराधबाट पीडित हुनेमा गृहिणी र मध्यस्तरका कामकाजी महिला छन् । सामाजिक सञ्जालले बनाएका नियमविपरीत आफूखुसी प्रयोग गर्ने र प्रयोग हुने ठूलो समस्या छ । आइतबारको नागरिकमा लेखिएको छ, दैनिक दुई देखि १० वटासम्म सामाजिक सञ्जाल प्रयोगबाट भएका अपराधविरुद्धको उजुरीउपर महाशाखाले छानविन गरिरहेको छ ।