पु.समाचार

सिके राउतका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेपछि…!

रुपन्देही । रुपन्देहीको मझगवामा सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । शनिबार दिउँसो मझगवास्थित मर्चवार उच्च माविको प्रांगणमा आमशभा गर्ने तयारी गरेको कार्यत्रर्तालाई प्रहरीले अवरोध गरेको थियो ।

हामीले रोक्न खोज्दा प्रदर्शनकारीले आक्रमण गरे, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले भने । स्वतन्त्र मधेसको माग गर्दै पूर्वतयारीअनुसार गरिएको कार्यक्रमलाई अवरोध गर्न प्रहरी परिचालन गरिएको थियो ।

आइतबारको अन्नपूर्णमा लेखिएको छ, गएको वर्ष सोही स्थानमा आमसभाका गरेको सिके राउत कार्यकर्ताले अहिले पनि त्यही स्थानलाई छनोट गरेका थिए । आमसभाका लागि केही दिन यता पर्चा पम्प्लेट टाँसिएका थिए ।

टाँसिएका पम्पप्लेट प्रहरीले हटाएको थियो । स्वतन्त्र मधेशको माग गर्नु राष्ट्रियता विपरीत भएपछि प्रहरीले अवरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता वेलबहादुर पाण्डेले झडपमा केही प्रहरी घाइते भएको जानकारी दिए ।

झडपमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठ सहितका प्रहरी हवल्दार र जवान घाइते भएका छन् । प्रहरीले गठबन्धनका २१ जना कार्यबर्तालाई नियन्त्रणमा लिएको छ ।