पु.समाचार

साउदीबाट एक निर्दोष नेपाली युवाले लेखे प्रधानमन्त्रीलाई अन्तिम पत्र, म मरे पनि यो चिठी ३ करोड नेपालीले पढिदिनु !

काठमाण्डौ । नेपालमा रोजीरोटी नपाएर साउदी अरबमा काम गर्न पुग्दा निकै समयदेखि जेलमा कोचिएका रामचन्द्र तिमल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उद्धार गरिदिन अन्तिम आग्रह गरेका छन् । तिमल्सिनाले प्रधानमन्त्री दाहालसमक्ष चिठी र भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन् । साउदीको हायल सेन्ट्रल जेलमा छट्पटाइरहेका उनले भिडियो रेकर्डमार्फत समेत प्रधानमन्त्रीसँग बिलौना पोखेका छन् ।
आफ्नो पारिवारिक बाध्यताले साउदीमा काम गर्न पुगेको र एक्कासि आइलागेको एउटा घटनामा फसेकोले आफु बर्षौदेखि कालोकोठरी कोचिन बाध्य भएको स्मरण गराएका छन् । उनले अब आफु बाँचने आशा मरिसकेको भन्दै प्रधानमन्त्री, मन्त्री र नेपालीहरुलाई बचाइदिन आग्रह गर्दै अन्तिम अडियो भिडियो र लिखित आग्रह गरेका छन् ।

यस्तो छ तिमल्सिनाले बचाइदिन आग्रह गर्दै पठाएको अडियो,भिडियो र लिखित पत्र
सम्मान्निय प्रधानमन्त्री ज्यु, नमस्कार  !

म एउटा समान्य कुल्ली हाल साउदिको हायल सेन्टर जेलबाट  प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन्न तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु ।
हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले हडताल चपेटाले गर्दा म स्वदेशीन बाध्य भएँ । मैले गाउँमा ऋण गरेरै मिनिबस समेत चलाउन नसक्ने अवस्था भएसंगै साउदी हानिन बाध्य भए । गाउँमा भएको त्यहीं पाखो बारी समेत धितो राखेर साउदिको ६० डिग्रीको भतभत पोल्ने तातो घाममा काम गर्न बाध्य भए । खाडिमा कुल्ली बन्न आएको म अभागीलार्इ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु थप भिडियोमा-

https://www.youtube.com/watch?v=dbLpAvFDcng&t=220s