पु.समाचार

आज ६७ औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै

काठमाण्डौ । शनिबार ६७ औं प्रजातन्त्र दिवस । यो दिवस मुलुकभर विशेष कार्यक्रमहरुको आयोजना गरि बनाइदैछ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको स्मरणमा यो दिवस हरेक वर्ष मनाइने गरिन्छ ।  नेपालको राजनीतिक इतिहासमा कालो शासनको रुपमा चिनिने जहाँनिया राणा शासनको अन्त र प्रजातन्त्रको स्थापना भएको दिन भएकोले पनि फागुन ७ गते नेपाल र नेपालीहरुका लागि महत्वको दिन हो ।

आजकै दिन तत्कालीन राजा त्रिभुवनले राणाशासकहरु विरुद्ध विद्रोह गरेका थिए । त्यसलगत्तै राणा शासन ढल्न बाध्य भएको थियो । त्रिभुवनको घोषणालाई जनताले साथ दिएका थिए । राजा त्रिभुवको कदम लगत्तै नेपाली कांग्रेस र राणा सम्मिलित संयुक्त सरकार निर्माण भएको थियो ।

प्रजातन्त्रकै लागि लडाइँ लड्दा राणाहरुले १९९७ सालमा ४ जना नेपाली जनताका छोराहरुलाई फाँसी दिएको थियो । महान शहिदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ हाँसी हाँसी प्रजातन्त्रको लागि जीवन बलिदान गरेका थिए ।