खेलकुद

अन्तरकलेज बास्केटबल प्रतियोगितामा क्वेस्ट र लिभरपुलको विजयी सुरुआत

ललितपुर । आयोजक क्वेस्ट इन्टरनेसनल कलेज र लिभरपुल इन्टरनेसनल कलेजले दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबलको ब्वाइजतर्फ शुक्रबार विजयी सुरुआत गरेका छन् । ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले ब्लु बर्डलाई ३५–२९ ले पराजित गर्यो । क्वेस्टका प्रजुन पोखरेलले १९ अंक जोडे । लिभरपुलले एक्सेललाई ५६–२० ले हरायो । विजेताका सुमंग बोगटीले २० स्कोर गरे ।

ब्वाइजकै अन्य खेलमा जेभियर इन्टरनेसनल कलेजले एपेक्सलाई ३१–२९ तथा एसले आईएसटीलाई ४०–३३ ले पन्छाए । जेभियरका दिनेश न्यौपानेले १५ तथा एसका आशिष सिंहले १६ अंक बटुले ।

गल्र्समा सेन्ट जेभियरले एक्सेलको चुनौती १०–६ ले पन्छायो भने जेभियरले क्वेस्टलाई २६–२० ले पराजित ग¥यो । सेन्ट जेभियरकी प्रगति कार्कीले ६ तथा जेभियरकी शान्ति श्रेष्ठले ११ स्कोर गरे ।

प्रतियोगताको क्वेस्टका प्रिन्सिपल काशीनाथ खनालले एक कार्यक्रमबीच उद्घाटन गरे । ब्वाइजमा १५ तथा गल्र्समा ४ टिम सहभागी छन् । फाइनल माघ १२ गते हुनेछ ।