राजनीति

पशुपतिशम्शेरले आरोप लगाएलगत्तै चन्दले दिए यस्तो जवाफ

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले दुई पार्टी एक भएर ०५१ मा चुनावमा गए पनि चन्द पक्षले उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाएको आरोप लगाएका छन् । शुक्रबार राप्रपा महाधिवेशन उद्घाटनका क्रममा उनले सो आरोप लगाएका हुन् ।

‘०५१ मा दुई राप्रपा एक हुँदा हामी तेस्रो पार्टी भयौँ । दुईपटक सरकारको नेतृत्वमा पनि पुग्यौँ,’ राणाले स्मरण गरे, ‘जब हामी मिल्छौँ जनताले विश्वास गर्छन् । हामी फेरि एक भएका छौँ, अब दुई र दुई मिलेर चार होइन, २२ बन्ने वेला आएको छ, यसका लागि हामी एक हुनुपर्छ । चुनाव जितेर सरकारमा जाने, तर संसद्मा उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाउने जस्तो व्यवहार अब कदापि नदेखाउँ ।’

राणालगत्तै बोलेका नेता चन्दले आरोपको खण्डन गरे । ‘म राणाजीको सहयोगमा प्रधानमन्त्री बनेको हुँ, तर उहाँ ९राणा०ले आरोप लगाएजस्तो भएको म मान्दिनँ,’ चन्दले भने, ‘म चारपटक प्रधानमन्त्री भएँ । तपाईंहरूको आशीर्वाद पाए फेरि प्रधानमन्त्री बनुँला ।’