पु.समाचार

बहुदलीय ब्यबस्थाको सधैं जित हुने काँग्रेस सभापति देउवाको दाबी

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा बहुदलीय प्रजातन्त्रको सधैं जित हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै संबिधान कार्यान्वयनका लागि संबिधान संसोधन आवश्यक रहेको दाबी गरेका छन् ।

कार्यक्रममा मुख्य आकर्षक केन्द्रका रुपमा देखिएका सभापति देउवाले संक्रमणकाल अन्त्य गर्न स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्बाचन तुरुन्त घोषणा गर्न सरकारलाई आग्रह गर्दै निर्बाचनका लागि आफूले हरेक तवरले सरकारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

शुभकामना दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका तर्फबाट बिजयकुमार गच्छेदार, बाबुराम भट्टराईले नेतृत्व गरेको नयाशक्तीका तर्फबाट गंगा श्रेष्ठ, तमलोपाबाट हृदेश त्रिपाठी लगायतका नेताहरु उपस्थित देखिन्थ्यो ।