खेलकुद

शुक्रबारदेखि थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । दोश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । काष्ठमण्डप विद्यालयको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने ए लेभल को–ओर्डिनेटर यादव थपलियाले जनाएका छन् ।

आयोजकको दुईसहित प्रतियोगितामा एस, साइपाल, बुढानीलकण्ठ, नामी, जेभियर इन्टरनेसनल कलेज र रातो बंगला सहभागी हुनेछन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

चारदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै कोर्टमा हुनेछ । सोही अवसरमा काष्ठमण्डपको नयाँ ए लेभल भवनको उद्घाटन, अन्तर ए लेभल आर्ट कम्पिटिससन र अन्तर विद्यालय आर्ट कम्पिटिसन पनि हुने बताइएको छ ।