पु.समाचार

यसकारण एक्कासि बाराको सिमरा पुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बाराको सिमरा प्रस्थान गरेका छन् । बिहीबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट उनीहरु सिमरा पुगेका हुन् ।  भोलि शनिबार चितवनमा कोमलको जन्मोत्सव मनाउन शाहको परिवारनै चितवन पुगेको हो । शुक्रबार बिहान १० बजे ब्रेकफास्ट लिएपछि उनीहरु चितवन जाने कार्यक्रम रहेको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, आफ्नै सवारी प्रयोग गरी सिमरा हुँदै चितवन जाने कार्यक्रम रहेको छ । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते सबै परिवारका साथ कोमलको जन्मोत्सव मनाएपछि ८ गते पुन सिमरा फर्कने कार्यक्रम छ ।

उनीहरुले प्रयोग गर्ने सबै सवारी साधन फागुन ४ गते नै सिमरा लगिएको थियो । आमा कोमलको जन्मोत्सवमा पारस शाह जाने या नजाने भन्ने टुङ्गो लागिसकेको छैन ।