खेलकुद

नवौं राष्ट्रपति रनिङ सिल्डको खेलाडी छनोट बिहीबारदेखि सुरु हुँदै

काठमाण्डौ । नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौंका निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने सो छनौट प्रक्रिया दश दिनसम्म चल्ने जनाइएको छ ।

काठमाण्डौका १० निर्वाचन क्षेत्रको छनोट फागुन १६ गतेसम्म सम्म सञ्चालन हुनेछ । एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् ।

जिल्लाव्यापी प्रतियोगितामा भने यि तीन खेलसहित कराते, तेक्वान्दो र उसुमा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए । जिल्लाव्यापी प्रतियोगिता फागुन २० देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।