राजनीति

यस्तो छ, आईतबार निर्बाचन मिति घोषणा गर्ने प्रधानमन्त्री दाहालको तयारी

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । सरकारले आईतबारसम्ममा स्थानीय निकायको निर्बाचन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार निर्बाचन मिति घोषणा गर्ने बुंदामा मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्रबीच आन्तरीक सहमति भईसकेको छ ।

सीमाङकनको बिषयलाई लिएर गम्भिर मतभेदका साथ संसोधन सहित संबिधान संसोधन नभए निर्बाचन गर्न नदिने अडान लिईरहेको मधेसी मोर्चाले नमानेपनि पुष्पकमल दाहाल सरकार निर्बाचन गर्ने दिशातिर उन्मुख भएको बताईएको छ ।

राजनीतिक बिश्लेषक भने पुष्पकमल दाहाल सरकारले मधेसी मोर्चाको सहमतिबिना निर्बाचन गर्नेकुरा हास्यास्पद भएको बताउछन् । उनका अनुसार मधेसी मोर्चा भनेको भारत हो, भारतले पूर्ण रुपमा समर्थन गरेको शक्ती हो, उसले समर्थन नागर्नु भनेको भारतले समर्थन नगर्नु हो त्यसैले मधेसी मोर्चालाई साथ नलिई निर्बाचन हुँदैन ।
जेभएपनि निर्बाचनको मिति घोषणा गर्नु सरकारको राम्रो काम भएको बिश्लेशकको दाबी छ ।

निर्बाचन आयोगले समेत उक्त समयसम्मा मिति घोषणा गरेमा निर्बाचन गर्न सकिने बताईसकेको छ । पटक पटक जनतालाई ढाँट्ने राजनीतिक दल र पुष्पकमल दाहालका कुरा नेपाली जनताले त्यती सजिलै पत्याईहाल्छन् र निर्बाचन हुन्छ नै भन्ने चैं छैन ।

यतिका समयसम्म सम्पन्न हुन नसकेको निर्बाच हुन आव्श्यक भएको भने सबै सारोकारवाला निकायले औंल्याईरहेका छन् ।