आर्थिक

शिवम् सिमेन्टले शुरु गर्यो निःशुल्क“निर्माण विज्ञ परामर्श सेवा”

shivam-ciment

काठमाडौं । दिगो निर्माणको लक्ष्य बोकी वर्षाैं देखि ग्राहकहरुलाई गुणस्तरीय शिवमसिमेन्ट पस्कदै आएको नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी दाबी गर्ने शिवम् सिमेन्टले घर तथा अन्य भवन निर्माणकर्ताहरुकालागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोलीमार्फत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवानिःशुल्क रुपमा प्रदान गर्दै आएकोमा यस सेवालाई अझ धेरै भन्दा धेरै ग्राहक एवं निर्माणकर्ताहरुका निर्माणस्थलहरु सम्म पु¥याउने लक्ष्य बोकी“गुणस्तरमा सम्झौता नगरौं” र “मजबुत निर्माण प्रति हाम्रो प्रतिबद्धता”भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको यस अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन गर्न गईरहेको जनाएको छ ।

यस सेवा अन्तर्गत निर्माणकर्ताहरुले शिवम् सिमेन्टका अनुभवी र दक्ष प्राविधिक टोलीमार्फत सिमेन्टको ऋयmउचभककष्खभ क्तचभलनतज Compressive Strength को परीक्षणगर्ने, निर्माण कार्य बारे प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामाग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सहि तरिका बारे जानकारी प्राप्तगर्र्नेतथा आवश्यकता अनुरुप अन्य थप प्राविधिक ज्ञान लगायतका विभिन्न सहयोग लिनका निमित्त आफ्नो निर्माणस्थलमै विज्ञ प्राविधिक टोलीलाई बोलाई विज्ञ सेवालिन र समयमै गुणस्तरीय तथा मजबुत निर्माण सुनिश्चितगर्न सकिने व्यहोरा सम्बन्धित सबै निर्माणकर्ताहरुलाई जानकारी गराँउदछा, सिभम सिमेन्टले भनेको छ ।

मजबुत तथा दिगो निर्माण प्रतिको सामाजिक दायित्वबोध गर्दै कम्पनीले यस निःशुल्क सेवालाई शिवम् सिमेन्ट प्रयोग गरी बनाइएका निर्माणस्थलहरु बाहेकका साइटहरुमा पनि उपलब्ध गराएको जानकारी दिएको छ । घर–भवन निर्माणको क्षेत्रमाशिवम् समेन्टको तर्फबाट शुरु गरिएको यसप्रकारको “निर्माण विज्ञ परामर्श”सेवाबाट धेरै भन्दा धेरै निर्माणकर्ताहरुले घर, भवन, संरचनाको निर्माणमा बिनाखर्च निःशुल्क प्राविधिक सेवाप्राप्त गरी गुणस्तरीय निर्माणको लाभलिन सक्ने कुरामा कम्पनी विश्वस्त भएको जनाएको छ ।

नेपालकैं नं. १ ओपिसि सिमेन्ट बन्न सफल यसशिवम् सिमेन्ट नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001,OHCAS 18001, ISI, र URS  प्रमाणित कम्पनीहो । कम्पनीले समय अनुरुप विभिन्न अभियानहरु संचालन गर्नुकासाथै देशका विभिन्न असहज परिस्थितिहरुका बावजुद निरन्तर सर्वसुलभ सेवाहरु प्रदानगर्दै आएका छौं र गरिरहने प्रतिबद्घता समेत ब्यक्त गरेको छ ।