राजनीति

गृहमन्त्रीले दिए तीनवटै सुरक्षा निकायलाई कडा निर्देशन

काठमाण्डौ । गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो माताहतका तीनवटै सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् । मंगलबार आफ्नै कार्यकक्षमा डाकेर गृहमन्त्री निधिले गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई कसैसँग सम्झौता नगरी काम गर्न निर्देशन दिएका ह’न् ।
भर्खरै मात्र जिम्मेवारी पाउनुभएका जनपद प्रहरीका निमित्त प्रमुख डा।दिनेशचन्द्र पोख्रेललाई गृहमन्त्री निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न कसैसँग सम्झौता नगरी कर्तव्यपालनामा खट्न निर्देशन दिए ।  त्यस्तै सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई पनि गृहमन्त्री निधिले कडा निर्देशन दिएको गृहमन्त्रालय श्रोतले बताएको छ ।

गृहमन्त्री निधिले यसभन्दा अघिको नेतृत्वले गरेको कामलाई निरन्तरता दिन समेत प्रमुखहरुलाई निर्देशन दिएको बताइएको छ ।
सीमा सुरक्षा र आन्तारिक सुरक्षाका चूनौतीहरुलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिँदै गृहमन्त्री निधिले सामाजिक र आर्थिक अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिएको बताइएको छ ।
आइतबार र सोमबार मात्र सशस्त्र प्रहरी प्रमुखमा सिंहबहादुर श्रेष्ठ र जनपद प्रहरीको निमित्त महानिरीक्षकमा डा।दिनेशचन्द्र पोख्रेललाई सरकारले नियुक्त गरेको थियो ।