मनोरञ्जन

भ्यालेन्टाइन डे को अवसरमा नायिका रेखा थापाले खोलिन् आफ्नो विवाहको रहस्य ! (भिडियोसहित)

काठमाण्डौ । चर्चित अभिनेत्री नायिका रेखा थापाले आफ्नो विवाहमा चारै नाका ठप्प हुने जनाएकी छन् । भ्यालेन्टाइन डेको अवसरमा हिट न्युज पोष्टसँग कुरा गर्दै नायिका थापाले निकै हर्षित मुद्रामा सो दाबी गरेकी हुन् । उनको भ्यालेन्टाइन विशेष भिडियो युट्युबमा राखिएको छ ।

‘मलाई विवाह गरेर पठाउने तपाइँहरुलाई कति धेरै रहर र हतारो है’ उनले ठट्यौली पारामा हास्ँदै भनेकी छन्, ‘तिमीहरु सबैलाई म घाँडो भएछु है !’ आफ्नो विवाह झ्याँइ झ्याइँ बाजा बजाएर हुने बताउँदै उक्त विवाह देशनै जाम बनाउने खालको हुने उनको भनाई थियो ।

नायिका थापाले भ्यालेन्टाइन डे आफैमा पवित्र प्रेम दिवस भएतापनि आफु भने कृष्ण जन्माअष्टमीमा प्रेम दिवस मनाउने दाबी गरिन् । विगतको भ्यालेन्टटाइन डेको स्मरण गर्दै उनले अघिल्ला प्रसंगहरु कोट्याउन धक लाग्ने बताइन् ।

भ्यालेन्टटाएन डे मा मात्र होइन अरु दिनमा पनि सबै खालका व्यक्तिहरुबाट आफुलाई प्रपोज आउने गरेको बताउँदै उनले सबैलाई सम्मानपूर्वक प्रेम गर्ने गरेको उनले बताएकी छन् ।

अर्को एक प्रसंगमा उनले नेपालका राजनीति दलका नेताहरुमा पनि नयाँ ढंगले जनतालाई हेर्ने प्रेम भाव झांगिनुपर्नेमा जोड दिइन् ।
भ्यालेन्टाइन डेको अवसरमा नायिका थापाले अरु के–के भनिन् त हेरौ भिडियोः