समाचार

कार्यबाहक आईजिपीमा पुर्बअनुमान बमोजिम डा. पोख्रेल नियुक्त

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । सरकारले आईजिपीमा नियुक्त गरेको भोलिपल्ट सर्बाेच्च अदालतले तत्कालका लागि सपथ नगराउनु भन्ने आदेश दिएलगत्तै कार्यबाहक आईजिपीमा एआईजिपी दिनेशचन्द्र पोख्रेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्री परिषद बैठकले पोख्रेललाई आईजिपीमा नियुक्त गरेको हो ।
आईतबार बिहान बसेको मन्त्रीपरिषद बैठकबाट नियुक्त भएका आईजिपी जयबहादुर चन्दले सपथ ख्वाउन नपाउदै सर्बोच्चमा परेको रिटको सुनुवाई गर्दै तत्कालका लागि सपथ नख्वाउन आदेश गरेपछि सरकार पछि हट्न बाध्य भएको हो ।

प्रहरी अस्पतालका प्रमुख समेत रहेका डिआईजिपी दिनेशचन्द्र पोख्रेल पेशाले चिकित्शक हुन् । पुर्बअनुमान बमोजिम डा. पोख्रेल कार्यबाहक आईजिपीमा नियुक्त भएका छन् । सर्बोच्च अदालतले फाल्गुण ८ गते आईजिपी बिबादको अन्तिम फैसला सुनाउने बताएको छ । उक्त समयसम्म कार्यबाहक आईजिपीमा दिनेशचन्द्र पोख्रेल रहनेछन् ।