आर्थिक

ग्लोबल र प्यासिफिकबीच एकिकृत कारोबार शुरु

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ्ग जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई  (एक्विजिसन) गरी एकिकृत
कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिंरजिवी नेपालको प्रमुख अतिथ्यतामा संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन भएपछि उक्त सुरुवात भएको हो  ।

लमजुङ्ग जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दे आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चँुक्ता पूँजी १३ करोड २९ लाख रहेको थियो । प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बंैकको कुल चँक्तुा पूँजी रु. ७ अर्व २४ करोड, कुल निक्षेप रु.८५ अर्व, कर्जा लगानी रु. ७२ अर्व ८८ करोड र ९४ वटा शाखा कार्यालय पुगेका छन् ।
बि.स. २०६३ पौष १८ गते “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ
स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दश बर्षको अवधिमा निजि क्षेत्रका वाणिज्य बैंकहरुको बिचमा अलग्गै पहिचान बनाउन सफल भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।