समाचार

कहाँ गए होलान् यी चार बालिका ? आइतबारदेखि सम्पर्कमै छैनन् !

सिमरा । सिमरास्थित सिमरा पब्लिक इङ्लिस स्कुलमा अध्ययनरत चारजना छात्रा घर फर्कंदा बेपत्ता भएका छन्। सोमबारको अन्नपूर्णमा लेखिएको छ,आइतबार दिउँसो बिद्यालय छुट्टी भएपछि घर फर्किनुपर्ने बालिकाहरु रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई छात्रा बेपत्ता भएको सूचना गरेका हुन् ।

गढीमाई नगरपालिका ७ जितपुरकी कक्षा पाँचकी ११ बर्षीया जिया गुप्ता, उनकी बहिनी यूकेजीकी पाँच बर्षिया पिहुँ गुप्ता, गढीमाई नपा १ सिमराकी काक्षा पाँचकी १२ बर्षीय रबिना श्रेष्ठ र गढीमाई २ नरबस्तीकी कक्षा पाँचकै ११ बर्षीया स्नेहा सिंह बेपत्ता भएको अभिभावकले बताएका छन् ।