पु.समाचार

को होला निमित्त प्रहरी महानिरीक्षक ?

काठमाडौं । आज रातिबाट अनिवार्य अवकास पाउन लाग्नुभएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कसैलाई पनि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिएको बताउनुभएको छ ।

सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सरकारले आइतबार बिहान डीआईजी जयबहादुर चन्दलाई नयाँ प्रहरी प्रमुखका रुपमा नियुक्त गरेको भए पनि आइतबार नै सर्वोच्च अदालतले चन्दको नियुक्तिलाई अगाडि नबढाउन आदेश दिएपछि निमित्त कसलाई बनाउने भन्नेबारेमा अन्योलता छाएको छ ।

महानिरीक्षक अर्यालले भन्नुभयो, ‘आज सोमबार कसलाई निमित्त दिने भन्ने बारेमा निर्णय हुन्छ । अहिलेसम्म कसलाई निमित्त दिने कुनै निर्णय भएको छैन ।’