राजनीति

बधाई छ, नबनियुक्त जनपद आईजिपी जयबहादुर चन्द र शसस्त्र सिँहबहादुर श्रेष्ठलाइ !

jaya-bahadur-chand

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ। लामो समयको आईजिपी नियुक्ती बिबादलाई चिर्दै डीआईजिपी जयबहादुर चन्दलाई सरकारले नेपाल प्रहरीको आईजिपीमा नियुक्त गरेको छ । भर्खरै सम्पन्न मन्त्री परिषदको बैठकले जयबहादुर चन्द आईजिपीमा   नियुक्त गरिएको हो ।

बरियता क्रममा अगाडि भएको भन्दै डीआईजिपी नबराज शिलवाल आफू आईजिपी हुनुपर्ने दाबी गर्दै आएका भएपनि उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधीको प्रस्ताबमा जयबाहादुर चन्द आईजिपी    नियुक्त भएका छन् ।

शसस्त्र प्रहरीमा भने सिँहबहादुर श्रेष्ठ आईजिपी भएक छन् । जनपद प्रहरीमा नेपाली काँग्रेसले र शसस्त्र प्रहरीमा माओबादी केन्द्रले आईजिपी बनाउने सहमति अनुरुप शसस्त्रको माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा गृहमन्त्रीले शिंहबाहादुर श्रोष्ठलाई प्रस्ताब गरेका थिए ।

अब डिआईजिपी नवराज सिलवालले आफू बरिष्ठ भएक कारण आईजिपी हुन पाउनुपर्ने भन्दै सर्बोच्च अदालतमा निबेदन दिने अनुमान लगाईएके छ ।

आईजिी बिबादका कारण गृहमन्त्री बिमलेन्द्र निधि र काँग्रेस सभापति शेरबहादुर देउवाबीच समेत मनमोटाब भएको थियो । यदि जयबहादुर चन्दलाई आईजिपी बनाउन सहयोग नगरे गृहमन्त्रीको राजीनामा माग्ने मात्र नभएर पुष्पकमल दाहाल सरकार ढाल्ने चेतावनी समेत देउवाले दिएको समाचार बाहिर आएको थियो ।