राजनीति

गाउ नै खाली हुनेगरी बामदेवको क्षेत्रका ४ सय ६८ एमालेहरु काँग्रेस प्रवेश

Nepali-congress

सुर्यखबर सम्बाददाता,

बर्दिया । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले एमालेको गैरजिम्मेवारपन र बेईमानीले मूलूक जटिलतामा प्रवेस गरेको बताएका छन्।

नेपाली काँग्रेस प्यूठान, बाँग्गेसाल गाउँ ईकाई समितीले आयोजना गरेको आमसभा एवं पार्टी प्रवेस कार्यक्रमको उदघाटन गर्दै डा. कोईरालाले मूलूकप्रती एमाले पटक्कै संबेदनसिल नबनेको बताउँनूहूँदै उसले अहिले सत्ताको बार्गेनिंग गरिरहेको बिचार ब्यक्त गरेका छन् ।

कार्यक्रममा पूर्व सचेतक शोभाकर पराजूली,सांसद पूष्कर आचार्य, प्यूठान काँग्रेसका सभापति अमर भण्डारी,पूर्व सभापति दिवाकर गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल लगायतले मन्तब्य राखेका थिए।

उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला, क्षेत्र एवं गाउँ तहका ४६८ जना काँग्रेस प्रवेस गरेको डा. शेखर कोईरालाका स्वकीय सचिब दिनेशचन्द्र थपलियाले सुर्यखबरलाई बताए।

नवप्रबेशीहरुले एमालेले नक्कली कूरा गरेर सधैं जनतालाई झूक्याउँने काम गरेकाले आफूहरू एमालेमा रहन नसकेको बताएका थिए।