पु.समाचार

प्रचण्ड र ओलीको भेटबाट देउवा झन् सशंकित

काठमाडौं । संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ ।

‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोतलाई उदृत गर्दै आइतबारको नयाँ पत्रिकामा लेखिएको छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने अवस्थामा सशंकित हुनु अस्वाभाविक होइन ।’