समाचार

साउदी अरबमा गुरुङ बेपत्ता

धादिङ – साउदी अरबमा बिरामी परेका धादिङको बसेरी गाविस ४ का आसमान गुरुङ बेपत्ता भएका छन् । श्रवणशक्ति गुमाएका आसमान पुस पहिलो साता साउदीको रियादबाट हराएको आसमानका दाइ सकरामले बताएका छन् ।

श्निबारको नागरिकमा लेखिएको छ, होटलमा वेटर कामको लागि भनेर साउन २८ गते उनी रियाद पुगेका थिए । आसमान बिरामी परेको भनी एक महिनाअघि अरबमै कार्यरत नारायण कटुवालले फेसबुकमा फोटो राखेपछि मात्रै थाहा पाएको सकरामले बताए ।

साउदीमै कार्यरत नारायणले बिरामी असमानलाई रियादको सडकमा हिँड्दै गर्दा भेटेका थिए । मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गरेको मान्छे नेपाली भएको थाहा पाएपछि नारायणले आसमानको फोटो खिचेर फेसबुकमा पोष्ट गरेका थिए ।