समाचार

कर्मचारीले सेवाग्राही कुटे !

जनकपुर । नापी कार्यालय धनुषामा बिहीबार सेवाग्राही र कर्मचारीबीच कुटाकुट भएको छ । दुई सेवाग्राही घाइते भएका छन् । कार्यालय प्रमुखलाई सामान्य चोट लागेको छ ।

जग्गाको नक्सा लिन कार्यालय पुगेका जनकपुर १२ का ललनप्रसाद साहलाई कार्यालय प्रमुख सुरेश जोशीको नेतृत्वमा कर्मचारीले कुटपिट गरेको ललनका छोरा अमितको आरोप छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, बाबुले छिटो काम गरिदिनुपर्यो भनेर जोडले बोल्दा कर्मचारीले कुटपिट गरे । छोरा अभितले भने । कार्यालय प्रमुख जोशीले सेवाग्राही ललनप्रसाद साहले कर्मचारीहरुलाई गालीगलौज गर्दा हात हालाहाल भएको बताए ।