पु.समाचार

वीर बलभद्र कुँवरले निर्माण गरेको घरको यस्तो हालत !

काठामाडौं । राष्ट्रिय विभूति तथा नालापानी युद्धका नायक बलभद्र कुँवरले निर्माण गरेको काठमाडौं, इचंगुनारायाणस्थित दुई सय बर्ष पुरानो घरको अब अवशेष मात्र बाँकी रहेको छ ।
नालापानीबाट फर्केपछि बलभद्रले सन् १८७२ मा निर्माण गरेको उक्त घरको संरक्षण हुन सकेको छैन । कमजोर धरोहर गत बर्षको भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो ।
मंगलबारको नागरिक दैनिकमा समाचार लेखिएको छ, घरसँगै बलभद्र तथा उनका अन्य दुई दाजुभाइ मिलेर बनाएको भगवतीको मन्दिरसमेत भूकम्पबाट जर्जर छ ।
०२१ को नापीमा बलभद्रको घरसहितको जग्गा बाग्मती सफाईका अभियन्ता हुतराम बैद्यको नाममा दर्ता भएको थियो । उत्त घरको संरक्षणको लागि कुँवरका पाँचौं पुस्ताका सन्तान तथा दरबार स्कुलका पूर्वप्रधानाध्यापक रामराज कुँवर लगायतले प्रयास गरेका पनि थिए । तर घरजग्गा अर्कैको नाममा रहेकाले संरक्षण गर्न नसकिएको कुँवरले बताए ।