अन्तर्राष्ट्रिय

भूकम्पले हल्लायो चीन !

सिन्हवा – चीनको दक्षीण पश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार साँझ ४.९ रेक्टर स्केलको भूकम्प जाँदा ५ जना घाइते भएका छन् । शुक्रबारको कान्तिपुरमा लेखिएको छ, स्थानीय अधिकारीहरुका अनुसार भूकक्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु लुदिआनकै आसपासको क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी गएको ६।५ रेक्टरको भूकम्पमा परी छ सय १७ व्यक्तिको मृत्यु हुनुको साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो ।