राजनीति

बालुवाटारमा यसरी जिल्लिए स्वास्थ्य मन्त्री गगन थापा !

काठमाडौं । बिहीबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्षका लागि थप्ने निर्णय गरेको छ । सिमित मन्त्रीहरुको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो निर्णय गर्नुभएको हो । बैठकले बेपत्ता छानबिन आयोगको म्याद समेत एक वर्ष थप्ने निर्णय गरेको जनाइएको छ । आयोगले सिफारिस गरेबमोजिम दुवै आयोगको कार्यकाल म्याद समाप्त भएको मितिले एक वर्ष थप गर्ने निर्णय भएको प्रधानमनन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा एक्कासि बसेको मन्त्रिपरिषद बैठकमा केही मन्त्रीहरु पुग्नै भ्याएका थिएनन् । स्वास्थ्य मन्त्री गगन थापा मन्त्रिपरिषद बैठकमा सहभागी हुने भनेर बालुवाटार छिर्दै गर्दा बैठक समाप्त भएको थियो । मन्त्री थापा बैठकमा सहभागीनै नभई फर्किएको श्रोतले बताएको छ ।