राजनीति

काँग्रेस सभापति देउवाले प्रधानमन्त्री र गृहमन्त्रीलाई चन्दलाई आईजिपी बनाउन दिए यस्तो चेतावनी

jaya-bahadur-chand

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डीआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने कार्यमा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

सभापति देउवाको प्रस्ताबलाई लत्याउदै आएका काँग्रेसकै तर्फबट उपप्रधान तथा गृहमन्त्री बनेका बिमलेन्द्र निधिले नबराज सिलवाललाई आइजिपी बनाउनुपर्ने अडान राखेर प्रधानमन्त्री समेत रहेका दाहालको ध्यान केन्द्रीत गरेपछि देउवाले प्रधानमन्त्रीलाई उक्त आग्रह गरेका हुन् ।

स्रोतका अनुसार आईजिपी काण्डका कारण गृहमन्त्रीको मुखैमा आएको मनोनीत पद काँग्रेसको उपसभापति पदमात्र धरापमा परेन, पुष्प कमल दाहालको प्रधानमन्त्री पद समेत धरापमा पर्ने संकेत देखिएको छ ।

 प्रधानमन्त्रीलाई जयबहादुर चन्द बाहेक गृहमन्त्रीले कुनैपनि डीआईजिपीलाई आइजिपी बनाउने प्रस्ताब ल्याए उक्त प्रस्ताब अश्विकार गर्न आग्रह गरेका र उक्त आग्रह नमानेमा प्रधानमन्त्रीलाई दिएको काँग्रेसको समर्थन फिर्ता लिन सम्म पछि नपर्ने चेतावनी देउवाले दिएको देउवा निकट स्रोतको दाबी छ ।

३३ बिलो भन्दा बढी सुन तस्करीमा संलग्नलाई समातेर मिडीयामा सेलेब्रेटी भईरहेका नबराज सिलवाल र लागू ओषधका डीआईजिपी जयबहादर चन्दपनि अरबौंको अबैध धन्दा गरेर ब्यावशाय टिकाईरहेका स.घाई घरानीयालाई समातेर चर्चा कमाएका थिए ।

आईजिपी जो भएपनि सभापति देउवा, गृहमन्त्री निधि, प्रधानमन्त्री दाहालबीचको सम्बन्धमा दरार आएको देखिन्छ । आईजिपी काण्डले लामो समयदेखि संगैको राजनीतिक सहकार्यमा रहेका काँग्रेस सभापति देउवा र काँग्रेसकै माथिल्लो स्तरका नेता समेत रहेका उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधिबीच सम्बन्ध टुटेको छ ।

सभापति देउवाले भनेजस्तै गरी आइजिपीमा जयबहादुर चन्दलाइ बनाउने प्रस्ताब नमानेमा काँग्रेस पार्टी भित्र बलिया हुंदै गएका देउवाले सरकारलाई दिएको समर्थन फिर्ता लिई पुष्पकमल दाहालको प्रधानमन्त्री पद धरापमा पर्ने अनुमान लगाउन कठीन छैन ।

गृहमन्त्री निधिलाई यसअघि नै आईजिपीमा जयबहादुर चन्द नल्याए राजिनामा दिन पहिले नै चेतावनी दिईसकका छन् ।